सुनको भाउ घट्ने क्रम जारी, तोलाको १ लाख ४६ हजार ३ सय कायम

नेपालभ्युज

सुनको भाउ घट्ने क्रम जारी, तोलाको १ लाख ४६ हजार ३ सय कायम

काठमाडौं । नेपाली बजारमा सुनको भाउ ओरालो लाग्ने क्रम जारी छ । हिजोदेखि घट्न थालेको सुनको मूल्य आज १ हजार रुपैयाँ भन्दा बढीले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँ रेकर्ड कायम भएको छापावाल सुन मंगलबार २ हजार ३०० रुपैयाँ घटेर १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएकोमा आजसम्म आइपुग्दा तोलामा ३ हजार ७०० रुपैयाँले घटेको छ ।

चाँदीको मूल्य पनि घटेको छ । तोलामा १ हजार ७ सय १० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved