काठमाडौं । ‘नमेटिने घाउ’ आगामी भदौ ७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । रमित ढुङ्गानाको निर्माण निर्देशन रहेको फिल्म पोस्ट प्रोडक्सनमा छ । फिल्मको फस्टलुक्स पोस्टर सार्वजनिक गरिएको छ ।
जहाँ प्रधानमन्त्री केपी शर्मा ओली प्रहरी उपरीक्षकद्वय बाल नरसिंह राणा र कुमुद ढुङ्गेल, प्रहरी निरीक्षक जेआर शर्मालगायत कलाकार फष्टलुक्समा अटाएका छन् ।
तर, फिल्ममा अभिनय रहेको पूर्व प्रधानमन्त्री माधव नेपाल भने अटाएको छैनन् । फिल्मको फष्टलुक्समा आखिर किन अटाएनन् माधव नेपाल ?
फिल्मको अब सार्वजनिक हुने दोस्रो पोष्टरमा माधव नेपाल समेटिने निर्देशक रमित ढुंगानाले बताए । माधव नेपाल अटाएको पोस्टर केही दिनमै सार्वजनिक हुने निर्देशक रमितले जानकारी दिए ।
फिल्ममा सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको समेत अभिनय छ ।
सत्य घटनामा आधारित फिल्म ‘नमेटिने घाउ’मा प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्री नेपालको अलवा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईँ, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ ।
एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित फिल्ममा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटिएको छ ।
Facebook Comment
Comment