एक वर्षमा वाणिज्य बैंकको नाफा ६४ अर्ब बढी, कुन बैंकले कति कमाए ?  

नेपालभ्युज

एक वर्षमा वाणिज्य बैंकको नाफा ६४ अर्ब बढी, कुन बैंकले कति कमाए ?  

काठमाडौं । गत चालु आवमा २० वटा वाणिज्य बैंकहरुको कुल नाफा ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ रहेको छ । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरणबाट यस्तो जानकारी पाइएको हो ।

वित्तीय विवरणअनुसार १० वाणिज्य बैंकको नाफा बढेको छ समान १० वाणिज्य बैंकको नाफा घटेको छ । अघिल्लो आवमा बैंकहरुको नाफा ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा समग्र बैंकहरुको नाफा ७ अर्ब ५७ करोड ८६ लाख रुपैयाँ अर्थात् १३.४० प्रतिशतले बढेको छ ।

चालु आवमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक शीर्ष स्थानमा छ भने नाफा वृद्धिदरका आधारमा प्रभु बैंक अग्र स्थानमा छ । नबिल बैंकले ७ अर्ब ६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यसै गरी, दोस्रो सर्वाधिक नाफा कमाउने बैंकमा ग्लोबल आइएमई रहेको छ । बैंकले ६ अर्ब १ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

धेरै नाफा कमाउने सूचीमा तेस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ । बैंकले ५ अर्ब १९ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । नाफा वृद्धिदरका हिसाबले प्रभु बैंक पहिलो स्थानमा रहेको छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा प्रभु बैंकको नाफा १४९९.०४ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षमा प्रभुले ४ अर्ब ४८ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो । यसै गरी, नाफा वृद्धिदरका हिसाबले कुमारी बैंक दोस्रो स्थानमा रहेको छ । अघिल्लो वर्षको तुलनामा कुमारी बैंकको नाफा ३४५.६७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ५१ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा गत वर्ष २ अर्ब ३० करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ ।

प्राइम बैंक नाफा वृद्धिदरका हिसाबले तेस्रो स्थानमा रहेको छ । यो बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २६७.१९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष १ अर्ब २ करोड ७८ लाख रुपैयाँ नाफामा रहेकोमा गत वर्ष बढेर ३ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षमा सबैभन्दा कम नाफा कमाउनेमा माछापुच्छ्रे बैंक रहेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब २५ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved