वर्षाका कारण त्रिभुवन विमानस्थलमा उडान सेवा प्रभावित

नेपालभ्युज

वर्षाका कारण त्रिभुवन विमानस्थलमा उडान सेवा प्रभावित

काठमाडौं । रातिदेखि परेको भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान प्रभावित भएको छ ।

अधिक वर्षाका कारण भिजिविलिटी कम हुँदा जहाज उडान तथा अवतरणमा समस्या भएको हो ।

सोमबार रातिदेखिको अविरल वर्षाले जहाज उडान तथा अवतरणमा समस्या देखिएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

खराब मौसमकै कारण केही जहाज अवतरण गर्न नसकेर आकाशमै होल्ड भएका छन् भने केही जाहाजलाई डाइभर्ट गरिएको छ । विमानस्थलबाट बिहानै उड्नु पर्ने जहाज पनि उड्न सकेका छैनन् ।

खराब मौसमका कारण स्तानाबुलबाट काठमाडौँ आएको तुर्किस्तान एयर उतै डाइभर्ट गरिएको छ भने फ्लाइ दुबई र ड्यूक एयर अवतरण गर्न नसकेर आकाशमै केहीबेर होल्ड भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved