काठमाडौंमा रातिदेखि अविरल वर्षा, पूर्वी तराईका नदी र खोला उर्लिए

नेपालभ्युज

काठमाडौंमा रातिदेखि अविरल वर्षा, पूर्वी तराईका नदी र खोला उर्लिए
फाइल तश्वीर

काठमाडौं । काठमाडौं उपत्यकामा रातिदेखि वर्षा जारी छ । राति १० बजेदेखि सुरु भएको वर्षा जारी रहँदा उपत्यकाका नदी तथा खोलामा जल सतह बढेको छ ।

निरन्तरको झरीले उपत्यकाका खोला तथा नदीमा जलसतह बढेको हो । उपत्यकाका नदीको जलसतह अहिलेसम्म सतर्कता तहभन्दा तलै रहे पनि उच्च सतर्कता अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

देशका अन्य भेगमा पनि भारी वर्षा भइरहेको छ । मकवानपुर, झापा, सप्तरी, मोरङ, सुनसरीका विभिन्न ठाउँमा भारी वर्षा भएको विभागले जनाएको छ ।

मकवानपुरको बकैया नदी जुरेलीबजार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास पुगेको छ । नदी तटीय क्षेत्रमा बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

सप्तरीको खाडो नदी, पूर्व–पश्चिम राजमार्ग जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास पुगेको छ । त्यहाँ पनि बिहान १० बजेसम्म उच्च सावधानी अपनाउन आग्रह गरिएको छ ।

झापाको सिस्ने, मोरङको हरैँचा र केराबारी, सुनसरीको धरान, सप्तरीको रुपनी बजार वर्षा मापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved