शाहरुख खानको शब्दले मलाई कठिन समयमा सहयोग गर्‍यो : जोन सिना

नेपालभ्युज

शाहरुख खानको शब्दले मलाई कठिन समयमा सहयोग गर्‍यो : जोन सिना

काठमाडौं । अनन्त अम्बानी र राधिका मर्चेन्टको भव्य विवाहमा १२ जुलाईमा हलिउड अभिनेता र डब्ल्यूडब्ल्यूई स्टार जोन सिना पनि सहभागी भएका थिए । जोनले शाहरुख खानसँगको फोटो सेयर गर्दै उनीसँग भेटेको अनुभव साझा गर्दै किंग खानले उनको जीवनमा सकारात्मक प्रभाव पारेको बताएका थिए ।

जोनले एक हालैको अन्तर्वार्तामा बताएका छन् कि शाहरुखको शब्दहरूले उनी खराब समयमा  गुज्रिरहेका बेलामा एकदमै सहयोग गर्‍यो । शाहरुखसँग भेटेर जोन भावुक भएका थिए ।

एएनआईसँगको कुराकानीमा जोनले भने, “यो धेरै भावुक क्षण थियो, जब तपाईं कसैसँग हात मिलाउनुहुन्छ जसले तपाईंको जीवनमा यति धेरै प्रभाव पारेको छ । उनी धेरै सहानुभूति देखाउने, दयालु व्यक्तित्व थिए । यो वास्तवमै अद्भुत थियो । म अचम्मित थिए । यो भेट निकै शानदार थियो।”

जोनले यस अगाडि कसरी शाहरुख खानले उनको जीवन परिवर्तन गरेका छन् भनेर पनि बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved