हसिना सवार सैन्य विमान भारतको हिंडन एयर बेसमा अवतरण

नेपालभ्युज

हसिना सवार सैन्य विमान भारतको हिंडन एयर बेसमा अवतरण

काठमाडौं । बंगलादेशबाट भागेकी शेख हसिना भारत पुगेकी छन् ।

हसिना चढेको कलसाइन S3-AGH मोडलको सैन्य विमान उत्तर प्रदेशस्थित गाजियावादमा रहेको हिंडन एयरबेसमा अवतरण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जहाज नेपाली समय अनुसार ५:५१ बजे अवतरण गरेको थियो । हसिनालाई भारतीय वायु सेनाका अधिकारीले ‘रिसिभ’ गरेका थिए ।

उनले प्रधानमन्त्री भवनबाट बाहिरिदैँ राजीनामा दिएकी थिइन् ।

शेख हसिना : शान्त नेताको तानाशाही शासन, विद्यार्थीलाई कम आँक्दा लज्जास्पद बर्हिगमन

बंगलादेश आर्मी प्रमुख जनरल वाकर उज-जमानले राष्ट्रको नाममा सम्बोधन गर्दै शासन सत्ता तत्कालका लागि हातमा लिएको र छिट्टै दलहरु सम्मिलत अन्तरिम सरकार बनाउने घोषणा गरिसकेका छन् ।

बंगलादेश आन्दोलन: प्रधानमन्त्रीको सरकारी आवासमा लुटपाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved