प्रधानमन्त्री हसिनाले देश छाडेपछि शासनसत्ता सेनाको हातमा, अन्तरिम सरकार बनाउने सेना प्रमुख जमानको घोषणा

नेपालभ्युज

प्रधानमन्त्री हसिनाले देश छाडेपछि शासनसत्ता सेनाको हातमा, अन्तरिम सरकार बनाउने सेना प्रमुख जमानको घोषणा

काठमाडौं । बंगलादेशका सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् ।

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै सेनाले शासनसत्ता हातमा लिएको छ ।

प्रधानमन्त्री हसिनाको राजीनामालगत्तै पत्रकार सम्मेलन गरेका सेना प्रमुख वाकर उज-जमानले हिंसा अन्त्य गर्नसमेत आग्रह गरेका छन् ।

सबै दललाई बोलाएको भन्दै उनले भने, “हामी अन्तरिम सरकार बनाउने छौँ । यसले बंगलादेशका लागि काम गर्नेछ ।”

यता प्रधानमन्त्री निवासमा भने प्रदर्शनकारीहरूले लुटपाट गरेका छन् । प्रदर्शनकारीले कार्यालय घेरेपछि प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत आएकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved