पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलन आयोजना गर्दै भारत, विदेशमन्त्री एस जयशङ्करले उद्घाटन गर्ने 

नेपालभ्युज

पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलन आयोजना गर्दै भारत, विदेशमन्त्री एस जयशङ्करले उद्घाटन गर्ने 

काठमाडौं । बहु–क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बे अफ बङ्गाल इनिसिएटिभ (बिमस्टेक) का सदस्य राष्ट्रबीच व्यापार र लगानीको माध्यमबाट क्षेत्रीय सहयोगलाई वृद्धि गर्न भारतले व्यापार शिखर सम्मेलन गर्ने भएको छ ।

पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलन अगस्ट ६ देखि ८ सम्म नयाँदिल्लीमा हुने भएको छ । सम्मेलनको तयारी पूरा भएको भारतले जनाएको छ ।

सम्मेलनको लागि विदेश मन्त्रालयले भारतीय उद्योग परिसङ्घ (सीआइआई) सँगको सहकार्यमा तीन दिने कार्यक्रमको आयोजना गर्नेछ ।

विदेश मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार विदेश मन्त्री एस जयशङ्करले सम्मेलनको उद्घाटन गर्ने छन् । केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयललगायत नेताहरूले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा व्यापार, वाणिज्य, उद्योगका साथै ऊर्जा क्षेत्रका समस्याबारे बिमस्टेक सदस्य राष्ट्रका मन्त्री, उच्च पदस्थ सरकारी अधिकारी, उद्यमीलगायतको सहभागितामा छलफल हुनेछ ।

कार्यक्रम आर्थिक सहकार्य सहज बनाई व्यापार, ऊर्जा सुरक्षा, दिगो विकासलगायतमा केन्द्रित रहने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved