निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गअन्तर्गत धेद्रे सुरुङको ब्रेक थ्रु

नेपालभ्युज

निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गअन्तर्गत धेद्रे सुरुङको ब्रेक थ्रु

काठमाडौं । निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गअन्तर्गत धेद्रे सुरुङ मार्गको ब्रेक थ्रु गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–निजगढ तर्फको धेद्रे सुरुङ मार्ग सोमबार ब्रेक थ्रु गरेका हुन् ।

मकवानपुरको बकैया गाउँपालिकास्थित धेद्रेको ब्रेक थ्रु भएसँगै पोलि छङ्गदा निर्माण कम्पनीले निर्माण ठेक्का लिएको प्याकेज नम्बर दुईका सबै सुरुङ वारपार छेडिएको छ । कुल ७०.९७७ किलोमिटर लामो द्रुत मार्गमा कुल १०.३०९ किलोमिटर सुरुङ मार्ग रहेको छ ।

यसमध्ये धेद्रे सुरुङ १ हजार ६ सय ९१ मिटर लामो छ । यस आयोजनामा कुल ६ स्थानमा सुरुङ बन्दैछन । जसमध्ये सबैभन्दा लामो ३ हजार ३ सय ५५ मिटर लामो सुरुङ महादेवडाडामा बन्दैछ । जसको ६५ प्रतिशत काम सम्पन्न भइसकेको नेपाली सेनाले जनाएको छ ।

ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्री ओलीसहित अर्थमन्त्री, रक्षा मन्त्री, भौतिक पूर्वाधार मन्त्री, प्रधानसेनापतिका साथै नेपालका लागि चिनियाँ र कोरियन राजदूतहरू पनि सहभागी जनाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved