गुडिरहेको माइक्रो बसमाथि रुख बजारियो, ७ यात्रु घाइते

नेपालभ्युज

गुडिरहेको माइक्रो बसमाथि रुख बजारियो, ७ यात्रु घाइते
तस्वीर : गोपाल भण्डारी

काठमाडौं । धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख ढल्दा ७ यात्रु घाइते भएका छन् ।

गजुरीको जरेखोलामा पहिरोसँगै ढलेको रुखले विद्युतीय माइक्रोबस किच्दा बस भित्रका यात्रु घाइते भएका हुन् ।

घाइतेलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ ।

माइक्रो बस धादिङबेंसीबाट काठमाडौं आउँदै थियो । घाइतेको परिचय खुलिसकेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved