पेरिस ओलम्पिक : पुरुष १०० मिटर दौडमा नोह लाइल्सले जिते अमेरिकाका लागि २ दशकपछि स्वर्ण

नेपालभ्युज

पेरिस ओलम्पिक : पुरुष १०० मिटर दौडमा नोह लाइल्सले जिते अमेरिकाका लागि २ दशकपछि स्वर्ण

काठमाडौं। ओलम्पिकमा एथ्लेटिक्सको १० मिटर दौडमा अमेरिकाले दुई दशकपछि स्वर्ण पदक जितेको छ।

अमेरिकाका स्प्रिन्टर नोह लाइल्स (Noah Lyles) ले पेरिस ओलम्पिकमा फोटो फिनिसमार्फत कीर्तिमानी स्वर्ण जित्न सफल भएका हुन्। लाइल्सले निर्धारित दूरी ९.७८४ सेकेन्डमा पार गरे।

सन् २००४ को एथेन्स ओलम्पिकमा जस्टिन ग्याटलिनले सबैभन्दा छोटो दूरीको दौडमा स्वर्ण जितेका थिए। त्यसपश्चात लाइल्सले अमेरिकाका लागि पहिलो स्वर्ण पदक जितेका हुन्।

जमैकाका किशन थम्पसनले सो दूरी मात्र ९.७८९ सेकेन्डमा पूरा गरे। यो उनको पहिलो ओलम्पिक पदक हो। अमेरिकाका फ्रेड केर्लेले सो दुरी ९.८१ सेकेन्डमा पुरा गर्दै कांस्य पदक जिते।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved