फास्टट्रयाकमा निर्माणाधीन सुरुङको आज ब्रेक थ्रु गरिने, प्रधानमन्त्री ओली निरीक्षणमा जाँदै

नेपालभ्युज

फास्टट्रयाकमा निर्माणाधीन सुरुङको आज ब्रेक थ्रु गरिने, प्रधानमन्त्री ओली निरीक्षणमा जाँदै

काठमाडौं । नेपाली सेनाद्वारा निर्माणाधीन काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्टट्रयाक) अन्तर्गतको सुरुङको आज ब्रेक थ्रु गरिने भएको छ ।

द्रुत मार्ग अन्तर्गत धेद्रेमा रहेको एक दशमवल ७२८ किलोमिटर लम्बाइको सुरुङको ब्रेक थ्रु गरिन लागेको हो ।

यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली पनि पुग्ने नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिए । सो क्रममा ओलीले सडक आयोजना अन्तर्गत विभिन्न स्थानको स्थलगत निरीक्षण गर्ने कार्यतालिका छ ।

ओली निरिक्षण गर्दै हेटौंडासम्म पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ओलीले अनुगमनका क्रममा निर्माणाधीन सुरुङ, सडक तथा पुलहरूको निरीक्षण गर्ने छन् । ओलीको भ्रमण दलमा रक्षामन्त्री मानवीर राई, प्रधानसेनापति प्रभुराम शर्मा लगायत सहभागी हुने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved