कर्णालीका मुख्यमन्त्री कँडेलले आज दोस्रो पटक विश्वासको मत लिँदै

नेपालभ्युज

कर्णालीका मुख्यमन्त्री कँडेलले आज दोस्रो पटक विश्वासको मत लिँदै

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार विश्वासको मत लिने भएका छन् ।

दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा कँडेलले विश्वासको मत लिन लागेका हुन् ।

नेकपा माओवादीको सहयोगमा एमाले नेता कँडेल चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिनु पर्ने भएको हो ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा मुख्यमन्त्री कँडेलले विश्वासको मतका लागि २१ मत प्राप्त गर्नुपर्ने हुन्छ । प्रदेशसभामा एमालेका १० र कांग्रेसका १४ सांसद छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved