काभा वुमन्स लिग : इरानसँग नेपाल पराजित

नेपालभ्युज

काभा वुमन्स लिग : इरानसँग नेपाल पराजित

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगमा इरानसँग नेपाल पराजित भएको छ । घरेलु टिम  नेपाललाई ३–२ ले हराउँदै इरानले प्रतियोगितामा दोस्रो जित हात पारेको हो ।

आइतबार दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा इरानले २५–१६, १६–२५, २५–२३, १५–२५ र १५–१३ ले नेपाललाई हराएको हो ।  नेपालको यो भने पहिलो हार हो ।

पहिलो, तेस्रो र पाँचौं सेट इरानले जित्यो । दोस्रो र चौथो सेट भने नेपालले जितेको हो । नेपालले पहिलो सेट २५–१६ मा सुम्पियो । नेपालले ४–० को अग्रतासहित सुरु गरेको दोस्रो सेट २५–१६ ले जित्यो ।

तेस्रो सेटमा पूरै उतारचढावको सेट रह्यो । नेपालले ६–२ को अग्रता लिँदा इरानले कमब्याक गर्दै ९–८ को स्थितिबाट नेपालले पुनः खेलमा फर्कदै ११–१० को स्थितिमा ल्यायो । उक्त सेट इरानले २५–२३ ले जित्यो ।

चौथो सेट नेपालले  २५–१५ ले  जित्यो । पाँचौं सेटमा १५–१३ ले इरानले जितेको हो ।

यसअघि नेपालले  श्रीलंकालाई ३–० को सेटमा र भारतलाई ३–२ को सेटमा पराजित गरेको थियो । पहिलो खेलमा भारतसँग ३–१ ले पराजित भएको इरानले  दोस्रो खेलमा भने माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो ।

लिग चरणका अन्तिम खेल सोमबार हुनेछ । काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपाल, इरान, भारत, श्रीलंका र माल्दिभ्स सहभागी छन् । राउन्ड रोविन लिगपछि अंक तालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रो बीच मंगलबार सेमिफाइनल हुनेछ । फाइनल र तेस्रो स्थानको खेल बुधबार हुने नेपाल भलिवल संघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved