कमलबहादुर शाह सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त

नेपालभ्युज

कमलबहादुर शाह सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् ।

शाहलाई प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

पहिलोपटक २०७९ माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाह आज दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका हुन् ।

सुदूरपश्चिम प्रदेश सभा ५३ सदस्यीय हो । जहाँ सरकारमा दाबीका लागि कम्तीमा २७ सांसदको समर्थन चाहिन्छ ।

एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका शाहसँग २९ सांसद छन् । शाह उनको दल नेपाली कांग्रेससँग १८ र प्रमुख समर्थन नेकपा (एमाले) सँग ११ सांसद छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved