बङ्गलादेशमा फेरि चर्कियो प्रदर्शन, एकै दिन १४ जनाको मृत्यु, देशैभर कर्फ्यू

नेपालभ्युज

बङ्गलादेशमा फेरि चर्कियो प्रदर्शन, एकै दिन १४ जनाको मृत्यु, देशैभर कर्फ्यू

काठमाडौं । बङ्गलादेशमा पुनः सरकार विरोधी प्रदर्शन चर्किएको छ । आइतबार कम्तीमा १४ जनाको मृत्यु भएपछि सरकारले अनिश्चितकालीन कर्फ्यू लगाएको छ ।

त्यहाँको गृह मन्त्रालयले आइतबार साँझ ६ बजेदेखि अनिश्चितकालाका लागि कर्फ्यू घोषणा गरेको हो । सबै प्रमुख सहरका साथै, नगरपालिका, औद्योगिक क्षेत्र र जिल्ला सदरमुकाममा कर्फ्यू लगाइएको छ।

यसअघिको लगाइएको कर्फ्यू आइतबार बिहान ६ बजेदेखि खुकुलो बनाइए लगत्तै प्रदर्शन सुरु भएको थियो । प्रदर्शनकारीले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरिरहेका छन् ।

प्रहरीले प्रदर्शन नियन्त्रणका लागि गोली चलाएको छ । जसका कारण कम्तिमा १४ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

सरकार विरुद्ध अवज्ञा आन्दोलनको घोषणा गरेका प्रदर्शनकारी विद्यार्थीले  कर र पानी, बिजुली लगायतका बिलको पैसा नतिर्न आह्वान गरेका छन्।

केही साताअघि कोटा प्रणाली खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थी नै अहिले प्रधानमन्त्रीको राजीनामाको माग सहित सडकमा आएका हुन् ।

यसअघिको प्रदर्शनका क्रममा २०० भन्दा धेरैको ज्यान गएको थियो । हालसम्म करिब १० हजार विपक्षी दलका समर्थक र विद्यार्थीलाई नियन्त्रणका लिइएको छ।

प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लीगले आइतबार नै देशव्यापी र्‍यालीको आयोजना गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved