काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले शिक्षकहरूलाई अनावश्यक लाञ्छना लगाउन नहुने बताएकी छन् ।
आइतबार पोखरा पुगेकी शिक्षामन्त्री भट्टराईले पत्रकारहरूसँग यस्तो बताएकी हुन् ।
“शिक्षकहरूलाई अनावश्यक लाञ्छना लगाउने, झोले हुन् भन्ने, यो बेठीक हो । तिनै शिक्षकहरूले विद्यालय धान्नुपर्ने अवस्था छ । लोकप्रियतावादी विचारले मात्रै समाजलाई नेतृत्व गर्न सकिँदैन । हामी लोकप्रिय पनि हुनुपर्छ । व्यवहारिक पनि हुनुपर्छ,” उनले भनिन् ।
पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ शिक्षकहरूको दलीय आबद्धताविरुद्ध निर्मम थिइन् । उनले दलीय आबद्धतामा रहेका शिक्षकहरूलाई शिक्षा र राजनीतिमध्ये एक रोज्न निर्देशन नै दिएकी थिइन् । यसपछि ८ सयभन्दा बढी शिक्षकहरूले आबद्धतासमेत त्यागेकी थिइन् ।
श्रेष्ठको यो कदमप्रति लक्षित गर्दै शिक्षामन्त्री भट्टराईले यस्तो बताएकी हुन् ।
Facebook Comment
Comment