काठमाडौं । समग्र स्वास्थ्य कायम राख्न मुटुले धेरै महत्त्वपूर्ण भूमिका खेल्छ । त्यसैले यसको विशेष हेरचाह गर्नु आवश्यक छ ।
अहिलेको समयमा विभिन्न कारणले गर्दा हाइपर टेन्सन वा उच्च रक्तचापको समस्या सामान्य भइसकेको छ । युवा पनि यस्तो समस्यामा परिरहेका छन् ।
डब्लुएचओको २०२४ को हालैको प्रतिवेदन अनुसार हाल करिब ५० प्रतिशत युवाले उच्च रक्तचापको उपचार गराइरहेका छन् । तर, कतिपयलाई यसबारे थाहै हुँदैन ।
उच्च रक्तचापलाई साइलेन्ट किलर पनि भनिन्छ । विज्ञका अनुसार आजकल उच्च रक्तचापको सबैभन्दा ठुलो कारण बढी तौल र तनाव हो ।
उच्च रक्तचाप दुई प्रकारको हुन्छन्, तत्काल उच्च रक्तचाप र आपत्कालीन उच्च रक्तचाप । तत्काल उच्च रक्तचापमा व्यक्तिको रक्तचाप उच्च हुन्छ तर कुनै पनि अङ्गलाई हानी हुँदैन ।
आपत्कालीन उच्च रक्तचाप खतरनाक हुन्छ किनभने यसमा बिरामीको धेरै अङ्गमा क्षति पुग्न सक्छ । बेवास्ता गर्दा ज्यानै जाने जोखिम पनि हुन्छ ।
उच्च रक्तचापको लक्षण समयमै पहिचान गर्न जरुरी छ । यसबारेमा थप बुझौँ ।
विज्ञका अनुसार आजभोलि कलेजका विद्यार्थी र काम गर्ने युवामा उच्च रक्तचापको समस्या बढी देखिएको छ । धेरै मानिस यसलाई गम्भीर रोग मान्दैनन् र डाक्टरसँग परामर्श गर्न पनि आवश्यक ठान्दैनन् ।
यसका प्रारम्भिक लक्षणमा तीव्र टाउको दुख्ने, थकान, धमिलो दृष्टि, छाती दुख्ने, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने जस्ता छन् । यदि तपाईं उच्च रक्तचाप कम गर्न चाहनुहुन्छ भने, दैनिक एक घण्टा व्यायाम गर्नुहोस् ।
उच्च रक्तचापबाट बच्ने उपाय
यसबाट बच्न तौल नियन्त्रणमा राख्नुहोस्, खानामा नुनको प्रयोग कम गर्नुहोस साथै नियमित व्यायाम गर्नुहोस् । तनावले गर्दा पनि रक्तचापको जोखिम हुन्छ, त्यसैले सकेसम्म तनाव कम लिनुहोस् । स्वस्थ आहार पनि यसको लागि महत्त्वपूर्ण छ ।
Facebook Comment
Comment