प्रधानमन्त्रीले गरे आफ्नो पहिलो निर्णयबारे क्यानका पदाधिकारीसँग छलफल

नेपालभ्युज

प्रधानमन्त्रीले गरे आफ्नो पहिलो निर्णयबारे क्यानका पदाधिकारीसँग छलफल

काठामडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले क्यानका पदाधिकारी तथा खेलाडीहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार (आज) बिहान क्यान पदाधिकारीसँगै खेलाडीहरूसँग छलफल गरेका हुन् ।

“क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेलप्रेमी कलाकार र सचिवालयका साथीहरूबीच छलफल भयो,” प्रधानमन्त्री ओलीले छलफलपछि भनेका छन् ।

उनले यस छलफलले आफ्नो पहिलो निर्णय अर्थात् कीर्तिपुरमा सुविधासम्पन्न रंगशाला बनाउने निर्णयमा सहजता ल्याउने विश्वास व्यक्त गरेका छन् । “भेटपछि म उत्साही छु,” उनले भनेका छन् ।

गत असार ३१ गते पदभार सम्हाल्दै ओलीले पहिलो निर्णय नै सुविधासम्पन्न रंगशाला बनाउने गरेका थिए । यसअघि शनिवार पनि उनले क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतसँग छलफल गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved