एमालेका मनोनित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई अध्यक्ष ओलीले आज सपथ गराउँदै

नेपालभ्युज

एमालेका मनोनित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई अध्यक्ष ओलीले आज सपथ गराउँदै

काठमाडौं । नेकपा एमालेका मनोनीत विभिन्न पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले आज सपथ ग्रहण गर्दैछन् ।

मनोनित उपाध्यक्ष, स्थायी कमिटी सदस्य तथा केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको सपथ लिन लागेका हुन् ।

एमालेको सचिवालय बैठकले एक उपाध्यक्ष, दुई स्थायी कमिटी सदस्य तथा १७ जना केन्द्रीय सदस्य मनोनित गरेको थियो । उनीरूलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले शपथ गराउने छन् ।

केन्द्रीय कार्यालय च्यासलमा हुने सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने कार्यक्रम पनि राखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved