स्वर्णिम वाग्लेलाई आफ्नो अभिव्यक्ति बेलैमा सच्याउन डा. भट्टराईको सुझाव

नेपालभ्युज

स्वर्णिम वाग्लेलाई आफ्नो अभिव्यक्ति बेलैमा सच्याउन डा. भट्टराईको सुझाव

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपाका उपाध्यक्ष स्वर्णिम वाग्लेलाई आफ्नो अभिव्यक्ति बेलैमा सच्याउन सुझाव दिएका छन् ।

भट्टराईले सामाजिक सञ्जाल मार्फत् भनेका छन्, “‘मन्‍रो डक्ट्रिन’जस्तो एउटा सार्वभौम देश/क्षेत्रमा अर्को देशको प्रभाव क्षेत्र कायम गर्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन । नेपालजस्तो दुई ठुला देशको बीचमा रहेको मुलुकका निम्ति त झन् अकल्पनीय कुरा हो, स्वर्णिम वाग्लेले बेलैमा भुल सच्याउनु राम्रो होला ।”

वाग्लेले एक अभिव्यक्तिमार्फत् भारतले आफ्नो प्रभुत्व जमाउन खोजेको र नेपालले त्यो कुरा बुझिदिनुपर्ने आशयको अभिव्यक्ति दिएपछि प्रतिनिधिसभा बैठकमा समेत चर्को आलोचना भएको थियो ।

नेकपा एमाले र कांग्रेसका सांसदहरुले यो विषयमा चर्को आलोचना गर्दै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved