बाघले आक्रमण गर्दा नारायणी नदी किनारमा मर्निङवाकमा रहेका एकजना घाइते

नेपालभ्युज

बाघले आक्रमण गर्दा नारायणी नदी किनारमा मर्निङवाकमा रहेका एकजना घाइते
फाइल तस्वीर

काठमाडौं । चितवनमा मर्निङवाकमा निस्किएका एक व्यक्तिलाई बाघले आक्रमण गरि घाइते बनाएको छ ।

भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा पैदल यात्रामा रहेका ६० वर्षिय पशुपति श्रेष्ठ बाघको आक्रमणबाट घाइते भएका हुन् ।
आइतबार बिहान सवा ५ बजेतिर पैदल हिँडेका बेलटाँडी बस्ने ६० वर्षीय श्रेष्ठलाई एक्कासि बाघले आक्रमण गरेको थियो ।

घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उहाँको मुख र हातमा चोट लागेको छ । बाघको खोजी तथा नियन्त्रणका लागि जिल्ला वन कार्यालयबाट कर्मचारीहरू खटिएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved