तिलगंगा नेत्र विश्वविद्यालय विधेयकलाई पारित गर्न प्रयासरत छु : सभामुख

नेपालभ्युज

तिलगंगा नेत्र विश्वविद्यालय विधेयकलाई पारित गर्न प्रयासरत छु : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले तिलगंगा नेत्र विश्वविद्यालय विधेयकलाई सदनको चालु अधिवेशनबाटै पारित गर्नका लागि आफू प्रयासरत रहेको बताएका छन् ।

ताप्लेजुङ सरोकार केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय बनाउन सरकारले ल्याएको विधेयक अहिले संसदीय समितिमा विचाराधीन रहेको भन्दै यसलाई सदनको चालु अधिवेशनबाटै पारित गर्नका लागि आफू प्रयासरत रहेको बताएका हुन् ।

उनले उक्त विधेयक पारित भएपछि नेपालमा आँखाको स्वास्थ्यसम्बन्धी उच्च शिक्षा अध्ययन, अध्यापन, अनुसन्धानका लािग कोशेढुङ्गा सावित हुने धारणा राखे ।

समितिबाट विधेयक पारित भए त्यसमा देखिएका कानूनी जटिलता हटाउन थप सहज हुने उनको विश्वास छ ।

साथै, सभामुख घिमिरेले देशमा रहेका विज्ञता, प्रतिभाहरुको कारण विश्वमा नेपालको चर्चा हुने गरेको भन्दै उनीहरुको उचित सम्मानमा राज्य गम्भीर हुनुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved