बालेनलाई लक्षित गर्दै पूर्वमेयर विद्यासुन्दर भन्छन् – नगरप्रहरीको बलमा गुण्डागर्दी सह्य छैन

नेपालभ्युज

बालेनलाई लक्षित गर्दै पूर्वमेयर विद्यासुन्दर भन्छन् – नगरप्रहरीको बलमा गुण्डागर्दी सह्य छैन

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यले नगर प्रहरीको आडमा गुण्डागर्दी सह्य नहुने बताएका छन् ।

शनिबार नेपाल खेलकुद महासंघले काठमाडौंमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै पूर्वमेयर शाक्यले वर्तमान मेयर बालेन्द्र शाह(बालेन)लाई लक्षित गर्दै यस्तो बताएका हुन् ।

‘न्यूरोडमा नगर प्रहरीको बलमा जनप्रतिनिधिलाई पेल्ने काम भएको छ । जनप्रतिनिधि सडकमा र नगर प्रहरी लाठी बोकेर प्रतिरोधमा उत्रिएको देखिन्छ, नगरप्रहरीको बलमा गुण्डागर्दी सह्य हुनेछैन ।’ उनले भने ।

नगर प्रहरी अनावश्यक रूपमा थपिएको उनको आरोप छ । साथै, उनले महानगर भत्काउने काममा मात्रै लागेको भन्दै महानगरवासी भत्काएको भन्दा बनाएको भन्ने कुरा सुन्न आतुर रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved