सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान

नेपालभ्युज

सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि दुई दिन समयसीमा तोकिएको छ । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम  सरकार गठनका लागि आह्वान गरेका हुन्।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रवार नै राजीनामा दिएसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख मियाँले आइतवार साँझ ५ बजेसम्मको समयसीमा दिएका छन् ।

आइतबार ५ बजेभित्र सुदूरपश्चिम प्रदेशसभामा रहेका दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभाका सदस्यले मुख्यमन्त्री पदमा दाबी पेस गर्न सक्नेछन्।

सुदूरपश्चिममा नेपाली कांग्रेसले सरकार बनाउने तयारी गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved