मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन कांग्रेस र एमालेको ह्वीप

नेपालभ्युज

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन कांग्रेस र एमालेको ह्वीप

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत नदिन नेपाली कांग्रेस र नेकपा एमालेले ह्वीप जारी गरेका छन् ।

शुक्रबार दिउँसो संसदीय दलको कार्यालयमा बसेको दुई दलको छुट्टाछुट्टै बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो ।

बैठकमा अनिवार्य उपस्थित हुन र विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए । कांग्रेस संसदीय दलका नेता कमल शाहले पनि विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय भएको जानकारी दिए ।

यता, मुख्यमन्त्री सोडारीले भने प्रदेशसभालाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका छन् ।

५३ जना सदस्य रहेको प्रदेश सभामा सोडारीले विश्वासको मत पाउन २७ मत आवश्यक पर्छ । कांंग्रेसका १८ र एमालेका ११ सांसद छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved