फिलिपिन्सको चाइनाटाउनमा आगलागी हुँदा ११ जनाको मृत्यु

नेपालभ्युज

फिलिपिन्सको चाइनाटाउनमा आगलागी हुँदा ११ जनाको मृत्यु

काठमाडौं । फिलिपिन्सको राजधानी मनिलाको चाइनाटाउनस्थित एक भवनमा शुक्रबार बिहान आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ ।

मनिलाको बिनोन्डोमा बिहान लागेको आगो नियन्त्रणका लागि १४ वटा दमकल र अग्नि नियन्त्रकलाई दुई घण्टा लागेको मनिला नगरीय दमकल विभागले जनाएको छ ।

उद्धारकर्मीले पाँच तले भवनभित्र ११ जनाको शव फेला पारेको बताएका छन् । आगलागीको कारण र मृतकको पहिचान खुल्न सकेको छैन ।

मध्यान्हसम्म शवबाहन सडकमा लाइन लागेर बसेको देखिएको प्रत्यक्षदर्शी एएफपीका एक पत्रकारले जानकारी गराए । आगलागी भएको भवनको भुइँ तलामा पसलहरू र माथिल्लो तला आवासीय प्रयोगका लागि प्रयोग भएका थिए । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved