सुनको मूल्य तोलाकै डेढ लाख

नेपालभ्युज

सुनको मूल्य तोलाकै डेढ लाख

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले रेकर्ड कायम गरेको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ बिहीबारको तुलनामा ५ सय रूपैयाँले बढेर प्रतितोलाको  १ लाख ४९ हजार ९ सय रूपैयाँ पुगेको छ ।

यसअघि गत साउन २ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९५ रूपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँले घटेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved