नर्सिङ अध्ययन गर्न अब कक्षा १२ उत्तीर्ण हुनु पर्ने

नेपालभ्युज

नर्सिङ अध्ययन गर्न अब कक्षा १२ उत्तीर्ण हुनु पर्ने

काठमाडौं । नर्सिङ पढ्न अब १२ कक्षा उत्तीर्ण हुनै पर्ने भएको छ ।

यसअघि एसइई परीक्षा पास गरे लगत्तै नर्सिङ पढ्न पाइने व्यवस्थालाई परिमार्जन गरि कक्षा १२ पास गरेकाले मात्रै अध्ययन गर्न पाउने गरिको निमय बन्न लागेको हो ।

यसका लागि चिकित्सा शिक्षा आयोगले अध्ययन गरिरहेको छ ।

आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीका अनुसार मापदण्डलाई अन्तिम निष्कर्षमा पु¥याउन यससँग सम्बन्धित विभिन्न निकायसँग छलफल भइरहेको बताए ।

नर्सिङ शिक्षाको दायरा फराकिलो बनाउने विषयमा अध्ययन गर्न गत वर्ष आयोगले नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष प्रा. सरला केसीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलले १२ कक्षा उत्तीर्ण गरेपछि मात्रै नर्सिङ विषयको पढाइ सञ्चालन गर्न उपयुक्त हुने सुझावसहितको प्रतिवेदन दिएको थियो ।

विदेशी मुलुकमा कक्षा १२ उत्तीर्ण गरेपछि मात्रै नर्सिङको पढाइ हुने गरेको भन्दै कार्यदलले नेपालमा पनि सोही व्यवस्था लागु गर्न सुझाव दिएको छ ।

सोही कोणबाट आयोगले पनि आवश्यक गृहकार्य  भइरहेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved