काठमाडौं । संसदको अर्थ समितिले अर्थमन्त्री विष्णु पौडेललाई छलफलका लागि बोलाएको छ । समितिले राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयमा छलफल गर्न अर्थमन्त्री पौडेललाई बोलाएको हो ।
समितिले दिउँसो १ बजे अर्थमन्त्री पौडेलसँग मुलुकको अर्थ व्यवस्थाका विषयमा छलफल गर्ने कार्यसूची बनाएको छ । त्यस्तै आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले पनि बैठक बोलाएका छन् ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का संशोधन प्रस्तावकर्ता सँग छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान ११ बजे बस्ने छ ।
बैठकमा आर्थिक वर्ष २०८०/०८१ को समितिको वार्षिक प्रतिवेदनमा छलफल हुने संसद सचिवालयले जनाएको छ
Facebook Comment
Comment