काभा भलिबल : नेपालले श्रीलंकालाई हरायो

नेपालभ्युज

काभा भलिबल : नेपालले श्रीलंकालाई हरायो

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा नेपालले विजयी सुरुवात गरेको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‌को कभर्ड हलमा भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा हराएको हो ।

नेपालले पहिलो सेट २५-१९, दोस्रो २५-१८ र तेस्रो २५-१९ ले आफ्नो पक्षमा पारेको हो ।

नेपालले साउन १९ गते भारतसँग खेल्नेछ भने साउन २० गते इरान र साउन २१ गते माल्दिभ्सको सामना गर्ने छ । प्रतियोगितामा नेपाल, श्रीलंकासहित इरान, भारत र माल्दिभ्सको सहभागिता छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved