काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोहरा नदीको बाढी पसेपछि होटल बसेरामा बैठक बसेको हो ।
आजको बैठकले केन्द्रीय नेताहरूको कार्यविभाजन गर्ने बताइएको छ ।
गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई आज बस्ने बैठकले अनुमोदन गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीतिक अवस्था र सरकारको काम प्रभावकारी बनाउने विषयमा छलफल हुने एमालेले जनाएको छ ।
एमालेले पार्टीमा एक व्यक्ति एक पद लागू गर्दै छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक राजकीय जिम्मेवारी पाएका अन्यलाई दोहोरो जिम्मेवारी नदिने एमालेको तयारी छ ।
Facebook Comment
Comment