शंकरदेवका स्ववियु उपाध्यक्ष माझीमाथि क्याम्पस परिसरभित्रै आक्रमण

नेपालभ्युज

शंकरदेवका स्ववियु उपाध्यक्ष माझीमाथि क्याम्पस परिसरभित्रै आक्रमण

काठमाडौं । शंकरदेव क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) उपाध्यक्ष प्रेम माझीमाथि क्याम्पस परिसरभित्रै आक्रमण भएको छ । स्ववियुले  बुधबार एक विज्ञप्तिमार्फत माझीमाथी  मंगलबार राति क्याम्पस परिसरभित्रै भएको आक्रमणको निन्दा गर्दै  घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग  गरेको छ ।

आक्रमणबाट माझीको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । उनको अहिले अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचार  भइरहेको अनेरास्ववियु एकाइ अध्यक्ष बालकृष्ण खड्काले जानकारी दिए ।

आक्रमणमा संलग्न रविन शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved