पुरानो अचारले निम्त्याउन सक्छ क्यान्सरको जोखिम

नेपालभ्युज

पुरानो अचारले निम्त्याउन सक्छ क्यान्सरको जोखिम

काठमाडौं । खाने समयमा थालमा तरकारी र रोटीसँगै अचार पनि राखेर खानुको आनन्द बेग्लै हुन्छ । धेरै मानिसहरू अचारसँगै खाना खान मन पराउँछन् । तर, यदि तपाईंलाई पनि अचारबिना खाना रुच्दैन भने केही कुरामा ध्यान दिनुहोस् ।

स्वास्थ्य विशेषज्ञका अनुसार पुरानो अचारले तपाईंको शरीरमा क्यान्सर जस्ता रोगहरू बढाउन सक्छ । यति मात्र होइन, अचार धेरै खाने परिवारमा क्यान्सरका बिरामी बढी देखिएका छन् ।

अचार लामो समयसम्म राखेर खाँदा क्यान्सरजस्ता रोग लाग्ने खतरा हुने गर्छ । लामो समयसम्म राखिएको अचारमा फ्री रेडिकल बन्ने गर्छ, जुन स्वास्थ्यका लागि घातक हुन सक्छ ।

हामीलाई लाग्छ कि अचार जति पुरानो हुन्छ, त्यति राम्रो हुन्छ । तर, वास्तवमा अचार जति पुरानो हुन्छ, त्यति नै बढी फ्री रेडिकल उत्पादन हुन्छ । कुनै पनि खाना जुन लामो समयसम्म भण्डारण गरिन्छ, त्यसमा धेरै फ्री रेडिकलहरू बन्छन् ।

फ्री रेडिकल्सले हाम्रो शरीरमा अक्सिडेटिभ तनाव उत्पन्न गर्छन्, जुन हानिकारक प्रक्रिया हो । जसले हाम्रो शरीरमा भएका सबै कोष संरचनाहरूलाई क्षति पुर्‍याउन सक्छ ।

अक्सिडेटिभ तनावले क्यान्सर , बुढ्यौली, अटो इम्युन डिसअर्डर, हृदय सम्बन्धी र अल्जाइमर जस्ता दीर्घकालीन रोगहरू को विकासमा ठूलो भूमिका खेल्छ ।

विशेषज्ञका अनुसार सिजनमा बनाएको अचार त्यही सिजनमा नै खानुपर्छ । याद गर्नुहोस् वर्षभरिको पुरानो अचार स्वास्थ्यको लागि हानिकारक हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved