ग्लोबल आइएमई बैंकका ग्राहकलाई वण्डरल्याण्ड, नेपालमा १० प्रतिशत बोनस 

नेपालभ्युज

ग्लोबल आइएमई बैंकका ग्राहकलाई वण्डरल्याण्ड, नेपालमा १० प्रतिशत बोनस 

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ प्रयोगकर्ताहरूलाई किक फन वर्ल्ड प्रा.लि. बाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङमति सेवा मूल्यको १० प्रतिशत रकम बोनस स्वरूप प्रदान गर्ने समझदारी भएको छ ।

उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश कार्यालय मेनेजर निकिता भण्डारी थापा र किक फन वर्ल्डका मार्केटिङ प्रमुख शिखर बस्नेतले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार बैंकको ग्राहकहरूले वण्डरल्याण्ड नेपाल, बुङगमतीमा उपलब्ध मनोरञ्जनात्मक तथा अन्य सेवाको लागि वण्डरल्याण्डबाट जारी हुने कार्डबापतको भुक्तानीको लागी बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गर्दा उक्त कार्डमा १० प्रतिशत बोनस थप गरी वण्डरल्याण्डले कार्ड उपलब्ध गराउने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved