विपद्‌जन्य जोखिम र डेंगु हैजासहित महामारी व्यवस्थापनका लागि महानगरको २४ घण्टे हटलाइन सेवा सुरु

नेपालभ्युज

विपद्‌जन्य जोखिम र डेंगु हैजासहित महामारी व्यवस्थापनका लागि महानगरको २४ घण्टे हटलाइन सेवा सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले विपदजन्य जोखिम र डेंगु हैजासहित महामारी व्यवस्थापनका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ ।

महानगरले विपद व्यवस्थापन विभाग, स्वास्थ्य विभाग र महानगर प्रहरी बलको सहयोगमा सेवा सुरु गरेको हो ।

वर्षाबाट सिर्जना हुने डुबान, बाढी तथा पानीजन्य समस्या व्यवस्थापन तथा समाधानका लागि विपद व्यवस्थापन विभाग र महानगर प्रहरी बलले काम गर्नेछन् ।

स्वास्थ्य विभागबाट डेंगु, हैजासहितका महामारीका रुपमा फैलिने रोगको उपचारका लागि परामर्श, सेवा शिफारिस र उपचार समन्वय प्रदान हुनेछ । यसका लागि पहिलो सम्पर्क स्थापित गर्न हटलाइन टेलिफोन २४ घण्टा खुला गरिएको महानगरले जनाएको छ ।

यस अघि कार्यालय समयमा मात्र हटलाइन खुला हुने गरेको थियो ।

नियमित पानी परिरहेकोले महानगर प्रहरी बलले पानीजन्य विपत डुबान, बाढी तथा पहिरो रोकथाम तथा व्यवस्थापन, चर्किएको सडक तथा पृलमा जोखिम संकेत राख्ने, सवारी तथा मानवीय आवागमन नियन्त्रण गर्ने, पानी कटाएर बचाउनु पर्ने ठाउँमा प्लाष्टिकले छोपेर व्यवस्थापन गर्ने काम गरिरहेको छ ।

यस्ता समस्या परे ९८५१३५६५०९ मा फोन गर्दा सिधै महानगर प्रहरी बलसँग सम्पर्क हुने महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

डेंगुको समस्या देखिए तत्कालै हटलाइन निःशुल्क नम्बरहरु ११८० र १६६००१०५५११ मा फोन गर्न महानगरले आग्रह गरेको छ ।

डेंगु र हैजाको समस्या देखिए प्राथमिक उपचार र स्वास्थ्य सेवाबाट प्रदान गरिने उपचारका विषयमा हटलाइनबाट परामर्श लिन सकिने छ ।

साँझ ६ बजेपछाडि ११८० मा डायल गरेर ९ थिच्नुपर्छ । यो फोन स्वास्थ्यकर्मीले उठाउने छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved