ओलम्पिक फुटबलको क्वाटरफाइनल समीकरण पूरा, शुक्रबारदेखि खेल सुरु हुने

नेपालभ्युज

ओलम्पिक फुटबलको क्वाटरफाइनल समीकरण पूरा, शुक्रबारदेखि खेल सुरु हुने

काठमाडौं । पेरिस ओलम्पिकमा फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

मंगलबार राति भएको खेलमा अर्जेन्टिनाले युक्रेनलाई २–० ले पराजित गर्दै समूह ‘बी’ को उपविजेता बन्दा मोरक्कोले इराकलाई हराउँदै विजेताका रूपमा क्वाटरफाइनलमा पुगेको हो ।

त्यस्तै, समूह ‘ए’ मा फ्रान्सले शतप्रतिशत जित निकाल्दै समूह ‘ए’ को विजेताका रूपमा क्वाटरफाइनलमा स्थान बनाइसकेको छ ।
फ्रान्सले  समूह ‘बी’ को उपविजेता अर्जेन्टिनासँग क्वाटरफाइनलमा भिड्ने छ ।

त्यस्तै, समूह ‘सी’ मा इजिप्टले स्पेनलाई हराएर समूह विजेता बन्दा स्पेन उपविजेताका रूपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘डी’ मा जापान विजेता र पाराग्वे उपविजेताका रूपमा क्वाटरफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनलका खेलहरू शुक्रबारदेखि सुरु हुनेछन् । ओलम्पिक फुटबलमा अण्डर –२३ टिमले सहभागिता जनाएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved