हिजबुल्लाहका शीर्ष कमाण्डर मारिएको इजरायलको दाबी

नेपालभ्युज

हिजबुल्लाहका शीर्ष कमाण्डर मारिएको इजरायलको दाबी

काठमाडौं । इजरायलले हिजबुल्लाहका एक शीर्ष कमाण्डर मारिएको दाबी गरेको छ ।

इजरायलले लेबनानको राजधानी बेरुतमा गरेको आक्रमणमा हिजबुल्लाहका शीर्ष कमाण्डर फुआद शुक्र मारिएको बताएको हो ।

लेबनानी सशस्त्र समूहको गढ मानिने दहियाहमा भएको विष्फोटमा फुआद शुक्र मारिनुका साथै कैयौं घाइते भएको इजरायली दाबी छ ।

लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले इजरायली आक्रमणको निन्दा गर्दै अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको प्रतिक्रिया दिएका छन् । इजरायलले भने हिजबुल्लाहले सीमा नाघेको भन्दै अझ सशक्त कारबाही गर्ने चेतावनी दिएको छ ।

फुआद शुक्र हिजबुल्लाहका मुख्य योजनाकार रहेको र उनकै कमाण्डमा इजरायलमा आक्रमण भएको इजरायलको बुझाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved