बाढीले बगाएर बल्खुमा एकजनाको मृत्यु

नेपालभ्युज

बाढीले बगाएर बल्खुमा एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको बल्खुमा बाढीले बगाएर ल्याएको एक पुरुषको शव फेला परेको छ ।

बाढीले बगाएर ल्याएको अवस्थामा बल्खु खोलामा प्रहरीले एक जनाको शव फेला पारेको हो । ती पुरुषको बाढीमा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । शवको सनाखत हुन सकेको छैन ।

गएरातिको अविरल वर्षाले काठमाडौं उपत्यकाका तीन जिल्लाका विभिन्न नदी तथा खोलाहरूमा बाढी उर्लिएको छ ।

बागमती, हनुमन्ते, गोदावरी, मनोहरा खोलामा आएको बाढीले नदी आसपासका सडक अवरुद्ध भएको छ भने किनारका बस्तीमा पानी पसेको छ ।

भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले जगाती, सल्लाघारी बाराहीस्थानका सयौं घर डुवानमा परेका छन् ।

त्यस्तै बागमती नदीको जलसतह ललितपुरको खोकनामा खतराको तह पार गरेको छ । पछिल्लो १२ घण्टामा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भारी वर्षा भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved