राष्ट्रिय कीर्तिमान सुधार गर्दै ओलम्पिकबाट बाहिरिए एलेक्जेन्डर

नेपालभ्युज

राष्ट्रिय कीर्तिमान सुधार गर्दै ओलम्पिकबाट बाहिरिए एलेक्जेन्डर

काठमाडौं । नेपाली पौडी खेलाडी एलेक्जेन्डर शाहको यात्रा पेरिस ओलम्पिकको हिट चरणमा नै समाप्त भएको छ ।

मंगलबार पेरिस ला डिफेन्स एरिनामा पुरुष १०० मिटर फ्रि–स्टाइलमा प्रतिस्पर्धा गरेका शाहले ५१.९१ सेकेन्डमा सो दूरी पूरा गरे ।

यद्यपि, शाहले पेरिस ओलम्पिक– २०२४ को पुरुष १ सय मिटर फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे । उनले निर्धारित दूरी ५१.९१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५२.१७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका छन् ।

शाह हिट ३ मा तेस्रो भए । र, सम्रगमा उनी ५९औं स्थानमा रहे ।  शाहले वाइल्ड कार्डमार्फत् ओलम्पिकमा आफ्नो स्थान पक्का गरेका थिए ।

यससँगै शाहसँगै पेरिस ओलम्पिकमा ५ नेपाली खेलाडीको यात्रा समाप्त भइसकेको छ । यसअघि जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान, पौडीकी डुवाना लामा, टेबलटेनिसका श्यान्टु श्रेष्ठ र सुटिङकी सुस्मिता नेपाल पहिलो चरणबाटै बाहिरिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved