काठमाडौं । जब शरीरमा हेमोग्लोबिनको उत्पादन घट्छ, रातो रक्त कोशिकाहरू बन्न सक्दैनन् र यो अवस्थालाई एनिमिया भनिन्छ अर्थात् सामान्य भाषामा रगतको कमी हुनु । यस्तो अवस्थामा छालामा पहेँलोपन देखिन्छ ।
अनुहार र खुट्टा जस्ता शरीरका अङ्गहरू सुन्निने, चक्कर लाग्ने, कमजोरी हुने, श्वासप्रश्वासमा समस्या हुने, मुटुको धड्कन अनियमित हुने जस्ता लक्षण देखिन थाल्छन् । यी लक्षणहरूलाई बेवास्ता गर्दा अवस्था गम्भीर हुन सक्छ । त्यस कारण तपाईंले डाक्टरसँग परामर्श लिनुहोस् र आफ्नो आहारमा केही खानेकुराहरू समावेश गर्नुहोस् ।
शरीरमा रक्तअल्पता हुनुको मुख्य कारण शरीरमा आइरनको उचित आपूर्ति नहुनु वा यसको कमी हुनु हो । यसको पछाडि धेरै कारणहरू हुन सक्छन्, जस्तै महिनावारीको समयमा अत्यधिक रक्तस्राव, उचित खानपानको कमी आदि ।
अब, जानौं कुन-कुन खानेकुराले शरीरमा हेमोग्लोबिनको उत्पादन बढाउन मद्दत गर्छ ?
रक्तअल्पताबाट पीडित व्यक्तिहरूले आफ्नो दिनचर्यामा स्याउ र अनारको सेवन गर्नुपर्छ । यी दुवै फलफूल रक्तअल्पताको समस्यामा निकै फाइदाजनक मानिन्छ र अन्य पोषक तत्त्वको कमीलाई पनि पूरा गर्छ ।
किसमिस
दैनिक दिनचर्यामा किसमिस खाँदा रगतको कमीलाई हटाउन लाभदायक हुन्छ । किनभने यो आइरनको राम्रो स्रोत हो । किसमिसलाई रातभर भिजाउनुहोस् र बिहान खानुहोस् । यसबाहेक अङ्गुर खानु पनि फाइदाजनक हुन्छ ।
हरियो तरकारी
पालक र अन्य हरियो पातदार तरकारीहरू पनि आइरनको उत्कृष्ट स्रोत हुन् र हेमोग्लोबिनको स्तर बढाउन मद्दत गर्दछ । त्यसैले हरियो सागसब्जी सेवन गर्नुपर्छ ।
दुग्धजन्य पदार्थको सेवन
दूध र यसका उत्पादनहरू जस्तै- चीज, दही, आदि सबै डेरी उत्पादनहरू पोषणको राम्रो स्रोत हुन्, जसले तपाईंको शरीरलाई शक्ति मात्र प्रदान गर्दैन तर, हेमोग्लोबिनको उत्पादनमा पनि मद्दत गर्छ । एनिमियाको समस्या भएमा डेरी प्रोडक्ट दैनिक सेवन गर्नुपर्छ ।
Facebook Comment
Comment