फुटबल क्लबको मालिक बन्दै एमबाप्पे

नेपालभ्युज

फुटबल क्लबको मालिक बन्दै एमबाप्पे

काठमाडौं । फ्रान्सका कप्तान केलियन एमबाप्पे दोस्रो डिभिजन क्लब केनको मालिक बन्ने तयारीमा छन् ।

फ्रान्सेली मिडियाकाअनुसार पेरिस सेन्ट जर्मेनबाट रियल म्याड्रिडमा आबद्ध भएका २५ वर्षीय एमबाप्पेले अमेरिकी लगानीकर्ता ओक्ट्रीबाट नर्मन्डी आउटफिटको ८० प्रतिशत सेयर किन्न २० मिलियन युरो खर्च गर्दैछन् ।

सन् २०१८ को विश्वकप विजेताका टोलीका सदस्य एमबाप्पे किशोरावस्थामा सामेल भएको क्लब केनको मालिक बन्न लागेका हुन् ।

केन गत सिजन लिग २ मा छैठौं स्थानमा रहेको थियो । यस क्लबका पूर्व खेलाडीमा एमबाप्पेकै सहकर्मी एनगोलो कान्टे र पूर्वखेलाडी डिफेन्डर विलियम गालास रहेका छन् ।

सन् १९१३ मा स्थापित केन क्लब दुई पटकको लिग २ च्याम्पियन समेत बनेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved