रवाफ कि सुरक्षा ?

रवाफ देखाएको भन्ने विवादमा देवी प्रतिभाको दाबी- १०\१२ होइन, म त ६०\७० बाउन्सरसँग हिँड्छु

नेपालभ्युज

रवाफ देखाएको भन्ने विवादमा देवी प्रतिभाको दाबी- १०\१२ होइन, म त ६०\७० बाउन्सरसँग हिँड्छु

काठमाडौं । रवाफ देखाएको भन्दै विवादमा आएकी पशुपति मन्दिर परिसरमा जारी ‘कोटी होम’ मा सहभागी देवी प्रतिभाले आफूमाथि लागेका आरोपहरूबारे जवाफ दिएकी छिन् । आफ्नो अन्तिम प्रवचन सकेर मंगलबार भारत प्रस्थान गरेकी उनले बुधबार जवाफ दिएकी थिइन् ।

उनले एक प्रवचनका क्रममा दिएको अभिव्यक्ति पनि अहिले सामाजिक सञ्जालमा आलोचित बनिरहेको छ । श्रीमान् जति काम नलाग्ने भए पनि श्रीमतीले ऊसित अलग हुनु नहुने धार्मिक मान्यता प्रस्तुत गरेपछि विवादमा आएकी हुन् ।

योभन्दा पनि उनले आफूसँग ल्याएका ‘बाउन्सर’ हरूको झुण्ड बारे टिप्पणी भएको थियो ।

उनी हिँडडुल गर्दा मात्र होइन, ब्यासमा बसेर कथा वाचन गर्दासमेत बडीगार्डले दायाँबायाँ पहरा दिइरहेका देखिएपछि ‘नौटंकी रवाफ’ देखाएको भन्दै आलोचना भएको थियो ।

‘एक धार्मिक अभियन्ताको यत्रो रवाफ किन ? उनलाई कोबाट खतरा ?’ भन्दै

उनले आफू जहाँ जाँदा पनि अत्यधिक भिड हुने भएकाले बडीगार्ड लैजानुपरेको दाबी गरिन् ।

उनले भनिन्, ‘‘कथा वाचनको क्रममा म धेरै ठाउँमा पुग्छु । नेपाल, भारत र अन्य देशमा पनि । जहाँ पनि देवी प्रतिभाको कथामा एकदमै भिड हुन्छ । अहिले पशुपतिनाथमा पनि देखिरहनुभएको छ । भारतमा योभन्दा पनि डबल भिड हुने भएकाले पहिले नै सूचना गरिएको हुन्छ । म जहाँ जान्छु, त्यहाँ प्रहरी प्रशासन अलर्ट बस्छन् । यहाँ त १०\१२ जना देख्नुभयो । ६०\७० जनाको पनि रेकर्ड छ । नेपालकी छोरीको यस्तो रुतवा जलवा देखेर गौरव गर्नुपर्ने विषय हो ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved