भारतको केरलामा पहिरो, २४ जनाको मृत्यु

नेपालभ्युज

भारतको केरलामा पहिरो, २४ जनाको मृत्यु

काठमाडौं । भारतको केरला राज्यको वायनाडस्थित मेपाडी नजिक पहिरोमा परी २४ जनाको मृत्यु भएको छ ।

केरलाका स्वास्थ्यमन्त्री वीणा जर्जका अनुसार अहिलेसम्म २४ जनाको मृत फेला परेका छन् भने करिब ७० जना घाइते छन् । अत्यावश्यक चिकित्सा औषधिहरू वायनाडका अस्पतालहरूमा पुर्‍याइएको छ ।

मंगलबार बिहान करिब ३ बजे पहिरो खसेको थियो । पहिरोमा ठूलो संख्यामा मानिसहरू फसेको आशंका छ । मृत्यु हुनेको संख्या बढ्न सक्छ ।

एनडीआरएफ, कन्नूर डिफेन्स सेक्युरिटी कोर र वायुसेनाका हेलिकप्टर उद्धार कार्यमा संलग्न छन् । तर, वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ ।

मुख्यमन्त्री विजयनको कार्यालयले सेनालाई पहिरोमा पुग्नका लागि अस्थायी पुल निर्माण गर्न मद्दत गर्न आग्रह गरेको जनाएको छ । केही दिनयता केरलाका धेरै ठाउँमा भारी वर्षा भइरहेको छ ।

मुन्डक्काई, अट्टामाला र कुनहोम जस्ता क्षेत्रहरू पनि यी स्थानहरूमा समावेश छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved