ओलीले बोलाए सचिवहरुलाई प्रधानमन्त्रीको कार्यालय, सामूहिक निर्देशन दिने तयारी

नेपालभ्युज

ओलीले बोलाए सचिवहरुलाई प्रधानमन्त्रीको कार्यालय, सामूहिक निर्देशन दिने तयारी

काठमाडौं । एकैपटक २१  सचिवको सरुवा गरेको सरकारले आज सबै सचिवलाई छलफलका लागि बोलाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवहरुलाई छलफलका लागि आज २ बजे प्रधानमन्त्री कार्यालय बोलाएका हुन् । गत आइतबार पनि ओलीले लामो समयसम्म सचिवहरुसँग छलफल गरेका थिए ।

छलफलमा सचिवहरूले आ – आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजना, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिएका थिए ।

सोही बमोजिम ओलीले नयाँ जिम्मेवारी पाएका सचिवहरुलाई सेवा प्रवाह र विकासका कामलाई अघि बढाउने विषयलाई व्यवहारमा लागू गर्ने बारेमा छलफल गर्न लागेका हुन् ।

सचिवहरुसँगको बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिवपनि सहभागी हुने छन् ।

चालू आर्थिक वर्षको काम चुस्त र द्रुत गतिमा अघि बढाउने सरकारको योजना छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved