बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिने

नेपालभ्युज

बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज मंगलबार विश्वासको मत लिने भएका छन् । साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका लामाले एक सातामै विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्रीले ३० दिन भित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक आज अपरान्ह तीन बजेका लागि बोलाइएको छ ।

मुख्यमन्त्री लामालाई एमालेका २७ र कांग्रेसका ३७ सांसदको समर्थन रहेको छ । १ सय १० सदस्यीय संसदमा बहुमतका लागि ५६ सांसद आवश्यक पर्छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved