सुनुवाइ समितिले अनुमोदन नगर्ने भएपछि प्रधानले फिर्ता लिए नाम

नेपालभ्युज

सुनुवाइ समितिले अनुमोदन नगर्ने भएपछि प्रधानले फिर्ता लिए नाम

काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् ।

संसदीय सुनुवाइ समितिले प्रधानको उच्च नैतिक चरित्र नदेखिएको भन्दै उनलाई अनुमोदन नगर्ने अवस्था देखा परेपछि प्रधानले नाम फिर्ता लिएका हुन् ।

संवैधानिक परिषद्ले निर्वाचन आयुक्तमा सिफारिस गरेका प्रधानका विरूद्ध संसदीय सुनुवाइ समितिमा यौन हिंसा र दुर्वव्यवहारको उजुरी परेको थियो । उजुरीकर्ताहरूसँग संसदीय समितिले छलफलसमेत गरेको छ ।

आफूले नाम फिर्ता लिने लिखित प्रस्ताव तयार पार्न समय लाग्ने भएकाले समितिको बैठक केही पर सारिदिन आग्रह गरेका थिए ।

त्यसैले बिहान साढे ११ बजे बोलाइएको बैठक अपरान्ह ५ बजेका लागि सारिएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा बैठक बस्ने तयारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved