पेरिस ओलम्पिकमा जुडो खेलाडी प्रधानको यात्रा समाप्त

नेपालभ्युज

पेरिस ओलम्पिकमा जुडो खेलाडी प्रधानको यात्रा समाप्त

काठमाडौं । पेरिस ओलम्पिक २०२४ मा नेपालका जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानको यात्रा पहिलो चरणमा नै सकिएको छ ।

च्याम्प–डे–मार्स एरेना म्याट १ मा सोमबार भएको ५७ केजी मुनीको खेलमा नेपालकी मनिता सर्बियाकी मारिका पेरिसिकसँग पराजित भएकी हुन् । मारिकाले मनितालाई १०–० ले हराएको हो ।

मनितासँगै ४ नेपाली खेलाडीको चुनौती समाप्त भइसकेको छ । यसअघि पौडीकी डुवाना लामा, टेबलटेनिसका श्यान्टु श्रेष्ठ र सुटिङकी सुस्मिता नेपाल पहिलो चरणबाटै बाहिरिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved