बल्खुमा ट्रकको ठक्करबाट स्कुटरमा सवार बालकको मृत्यु

नेपालभ्युज

बल्खुमा ट्रकको ठक्करबाट स्कुटरमा सवार बालकको मृत्यु

काठमाडौं । काठमाडौँ महानगरपालिका-१४ बल्खु  सडकमा ट्रकको ठक्करबाट  स्कुटरमा सवार बालको मृत्यु भएको छ ।

आइतबार बिहान ना.६ ख २२०३ नम्बरको ट्रकले  ठक्कर दिँदा बा.प्र.०२-०१६ प ७११४ नम्बरको स्कुटरमा सवार १३ वर्षीय आदित्य गुप्ता गम्भीर घाइते भएका थिए  ।

उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उनी  बल्खु बस्ने रौतहट राजपुर नगरपालिका-१ घर भएकी ३५ वर्षीया सरिता कुमारी गुप्ताका छोरा हुन् ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ  ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved